नेपालका लागि नवनियुक्त चीनीया राजदुत आईपुगे, दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता

नेपालका लागि नवनियुक्त चीनीया राजदुत आईपुगे, दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता

  • शनिबार, फाल्गुन २, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आइपुगेका छन् । उनले शुक्रबार नेपाल आएर आफ्नो कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै राजदूत चाङले दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । २३ औँ चिनियाँ राजदूतका रूपमा नेपाल आएका उनले ‘चीन–नेपाल साझा भविष्य’ निर्माणका लागि हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि सधैँ समर्थन गर्ने र नेपालले पनि ‘एक–चीन’ सिद्धान्तप्रति देखाएको दृढ प्रतिबद्धताबारे प्रशंसा गरेका छन् । राजदूत चाङले नेपालमा रहँदा आफूले ‘जनमुखी कूटनीति’ लाई प्राथमिकता दिने बताउँदै नेपालस्थित चिनियाँ दूतावासले यहाँ रहेका चिनियाँ नागरिकहरूको हित रक्षाका लागि अभिभावकको रूपमा काम गर्ने र उनीहरूको वैधानिक अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रपति सी जिनपिङको विश्वासिलो दूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मान र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै उनले नेपाल र चीन हिमाल र नदीले जोडिएका अभिन्न छिमेकी मात्र नभई पुस्तौँदेखिको मित्रता र साझा विकासका साझेदार भएको बताए । उनले भने, ‘दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता हाम्रा दुई देशले सुख–दुःखमा एक अर्कालाई साथ दिँदै असल छिमेकीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।’

सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको ऐतिहासिक नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याएको स्मरण गर्दै उनले बीआरआई अन्तर्गतका सहकार्यलाई अझ सुदृढ बनाउने बताए ।

सन् २०२६ चीनको १५औँ पञ्चवर्षीय योजनाको सुरुवात हुने वर्ष भएको जानकारी दिँदै राजदूत चाङले चीनको आधुनिकीकरण र उच्चस्तरीय खुलापनले नेपालका लागि विकासका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे । ‘ग्लोबल साउथ’ बिचको एकता र विभिन्न वैश्विक चासोका विषयहरूमा मिलेर काम गर्ने समेत उनले बताए ।

अघिल्ला राजदूत चेन सोङका् ठाउँमा चाङ आएका हुन् । नेपालमा भइरहेको चुनाव र बदलिँदा भूराजनीतिक परिवेशमा नयाँ राजदुत नेपाल आएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ