काठमाडौं । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् । यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको हो।
नेपालमा जेनजी विद्रोहपछि हुन लागेको निर्वाचन अघि नै चीनले राजदुत पठाएको हो ।
चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप-महानिर्देशकहरूमध्ये एक हुन्।
नयाँ राजदूत चाङ शुक्रबार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका हुन्। उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेललाई ओहोदाको प्रमाण पत्र बुझाएपछि चाङले आफ्नो नियमित काम सम्हाल्नेछन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline