अब तीन हप्तापछि बेग्लै स्थिति आँउछ, नेकपा पहिलो बन्छ : प्रचण्ड

अब तीन हप्तापछि बेग्लै स्थिति आँउछ, नेकपा पहिलो बन्छ : प्रचण्ड

  • बुधबार, माघ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

पोखरा : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न नेता–कार्यकतालाई निर्देशन दिएका छन् ।

पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् ।

निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उनले भने ‘जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुन लागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकर्ता तथा शुभेच्छुक आ–आफ्नो ठाउँबाट खटिन आवश्यक छ, आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस् ।’

‘निर्वाचनको अन्तिम अवस्थामा अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्क्रिय गराउने हल्ला फैलाउन सक्नेतर्फ सचेत गराउँदै अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समीकरण वा तालमेल गर्ने पक्षमा छैनौँ, आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसदमा ठूलो पार्टी बन्न चाहन्छौँ’, संयोजक प्रचण्डले भने । संयोजक प्रचण्डले अबको तीन सातापछि मुलुकभर नेकपाले सबै दललाई टप्ने जिकिर गरे ।

विगतमा सभा सम्मेलनको लागि खर्च हुने पैसा अहिले डिजिटल प्रचारमा खर्चिएको भन्दै अबको दुई तीनपछि पार्टीको माहोल छुट्टै हुने दावी गरे । ‘ठूला–ठूला सम्मेलन र सभा गरेर, लाखौं खर्च गरेर भोट माग्ने जमान गइसकेको छ, टोल–टोल र घरघरमा गएर आफ्नो कुरा बताउनु पर्नेछ’, उनले भने, ‘प्रविधिमा हामी साम्राज्यवादीसँग प्रतिष्पर्धा त गर्न सक्दैनौँं तर गलत सूचनालाई काउन्टर दिन सकिन्छ, हाम्रो साथीहरु लागिराख्नु भएको छ, तीन हप्तापछि सबैलाई टप्यो भन्ने दिन आउँदैछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ