रास्वपा रुपन्देही २ का उम्मेद्धार सुलभ खरेलले घरदैलोका बेला सहकारी पीडितको नाराबाजी

रास्वपा रुपन्देही २ का उम्मेद्धार सुलभ खरेलले घरदैलोका बेला सहकारी पीडितको नाराबाजी

  • बुधबार, माघ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भोट माग्दै हिँडेका बेला सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले प्रदर्शन गरेका छन्। बुधबार दिउँसो रूपन्देहीको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं। ११ होराइजन चोकमा रास्वपा उम्मेदवार शुलभ खरेलले घरदैलो गर्ने क्रममा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन्।

ुतिम्रो नेता खोई ? लिएर आऊ, जेनजीका माग कस्ले पूरा गर्छ ? सिंहदरबार किन जलाएको ?ु लगायतका नारा लेखिएका प्लाकार्ड बोकेर नाराबाजी गरेका थिए।

नाराबाजी गरेको देखेपछि घरदैलो अभियानमा रहेका शुलभ नजिकैको होटलभित्र छिरेका थिए।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ।

अधिकांश बचतकर्ताहरू न्यून आय भएका छन्। उनीहरूले तीन वर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन्।

ुहामी पीडितको पैसा खाएका मान्छे खुलेआम हिँड्ने, पैसा फिर्ता नहुने ? पीडितहरूले सामूहिक प्रश्न गरिरहेका छन्।

सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रूपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्। उनले सोमबार मात्रै तारेख लिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ