देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

  • बुधबार, माघ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

गण्डकी, २८ माघ (रासस) : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गर्नुभएको छ । पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो ।

सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर रास्वपा ससंद्मा पुग्ने उहाँको दाबी थियो । सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दा सहिद भएका नवयुवाहरूको सपनालाई खेर जान नदिने बताउनुभयो ।

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशादिर्नेशन गर्ने बताउनुभयो । सुशासन र समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायनलाई रोक्न सकिने सभापति लामिछानेको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ