रास्वपाबारे प्रचण्डको धारणा : पहिले जितेका ठाँउमा जनमत खस्किएको छ, नयाँ ठाँउमा भ्रम पैदा गर्दैछन्

रास्वपाबारे प्रचण्डको धारणा : पहिले जितेका ठाँउमा जनमत खस्किएको छ, नयाँ ठाँउमा भ्रम पैदा गर्दैछन्

  • मङ्लबार, माघ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाको सामाजिक सञ्जालमा जति प्रचारबाजी भएको सोही अनुसार चुनावी मैदानमा प्रभाव नदेखिएको बताएका छन् । काठमाडौँमा आज भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पहिले जितेको ठाउँमा जनमत खस्किएको जिकिर गरे ।

अहिले नयाँ ठाउँमा भ्रम छरेर प्रभाव जमाउन खोजेको उनले दाबी गरे । ‘अहिले सोसियल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसियल मिडियावाला स्टन्टवाला भन्ने गरेका छौँ हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन’, उनले भने, ‘नयाँ नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ । यहाँ लडेर हेरे नि नेताहरुलाई के गर्न सके ? त्यस्ता ठाउँमा हल्लाबाज हल्लाखोर भनेर बुझे । जहाँ बुझ्न पाएका छैनन्, त्यहाँ त्यसको प्रभाव देखिएको छ । त्यस करण त्यो प्रभावलाई पनि तर्क र खण्डनद्वारा हामीले स्थापित गर्नुछ ।’

प्रचण्डले चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त भएकाले युद्धस्तरमा काममा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर पार्टीलाई जिताउन पनि निर्देशन दिए।

‘२३ दिन युद्ध स्तरमा खट्यौँ भने अहिले हाम्रो पार्टी एक नम्बरको बन्ने सम्भावना छ । यहाँ यो मिल्यो वा मिलेन भन्न परेन । कसको कार्यविभाजन के भनिरहनु परेन । आफ्नो मतदाता नामावली जहाँ छ, निर्वाचन क्षेत्र जहाँ छ, त्यहाँ उम्मेदवारसँग मिलेर पार्टीसँग जोडिएर फिल्डमा भिडिहाल्ने हो । यही हो अहिले सबैको कार्यविभाजन । योभन्दा राम्रो कार्यविभाजन अरू हुन सक्दैन । चुनाव जितिसकेपछि विस्तारमा हिसाब गरौँला’, उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ