जिल्ला प्रशासन कार्यलय नवलपरासीद्धारा आचार सहिता विपरीतका गतिविधि नगर्न रवि लामिछोनलाई सचेत गराईयो

जिल्ला प्रशासन कार्यलय नवलपरासीद्धारा आचार सहिता विपरीतका गतिविधि नगर्न रवि लामिछोनलाई सचेत गराईयो

  • मङ्लबार, माघ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आचारसंहिता विपरीताका गतिविधि नगर्न सतर्क गराएको छ।

जिल्ला प्रशासन नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रमप्रति ध्यानाकर्षण भएको बताएको हो।

‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागु भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना समेत जारी भएको व्यहोरा विदित्तै छ। उपर्युक्त सम्बन्धमा माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।

रास्वपाका अनुसार सभापति लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्र जाने कार्यक्रम छ। त्यहाँ उम्मेदवार र पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरेर फर्कने कार्यक्रम तय गरिएको रास्वपाले बताएको हो।

हिजो रुपन्देहीमा तोकिएको मापदण्ड विपरीत सभा शैलीमा कार्यक्रम गरिएपछि प्रशासतले सचेत गराएको हो ।

940x380-Suchana_0001(4)-1770693434.jpg

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ