ओलीले फेरी चुनावमा दोहोर्याए घर घरमा पानी जस्तै ग्यास पुर्याउने बाचा

ओलीले फेरी चुनावमा दोहोर्याए घर घरमा पानी जस्तै ग्यास पुर्याउने बाचा

  • सोमवार, माघ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब सिलिन्डर पनि नचाहिने गरी घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिने बाचा दोहोर्याएका छन् ।

यो नारा उनले २०७४ सालको चुनावमै दिएका थिए । त्यसपछि करीब साढे तीन वर्ष प्रधानमन्त्री हुँदा समेत यसको प्रयोग हुन सकेको थिएन । अहिले निर्वाचनमा झापा ५ मा मतदातासँग उनले फेरी यही प्रतिवद्धता दोहोर्याएका छन् ।

सोमबार झापामा घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्यासको वितरणबारे बोलेका हुन्। नेपालमै खाना पकाउने ग्यास निस्किन लागेको बताए।

दैलेखको ग्यास उत्खनन् बन्द गरिएकोमा असन्तुष्टि जनाउँदै काम थाल्नुपर्ने बताए। ‘अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ। त्यो ग्यास निकाल्नुपर्छ,’ ओलीले भने।

दैलेखमा ग्यास निकाल्न सुरु गरेपछि विदेशबाट आयात रोकिने उनको भनाइ थियो। ‘पानीजस्तो ट्यांकमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्‍याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन,’ ओलीले भने।

यसअघि गुइँठा बाल्ने विषयमा दिएको अभिव्यक्तिका विषयमा पनि उनले प्रस्टीकरण दिए। त्यसमा आफूले अपमान गर्न नखोजेको आसय प्रकट गर्दै ओलीले भने, ‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ, मान्छेहरूलाई अलमलमा पारेर, हाम्रो बेइज्जत गर्‍यो, हामीलाई गुइँठा बाल्ने भन्यो भनेर भन्छन्। दाउरा पनि बाल्ने होइन, अब अब बिजुली बाल्नेतिर पुग्नुपर्छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ