जिल्ला जिल्लामा पठाउन थालियो मतपेटिकाहरु

जिल्ला जिल्लामा पठाउन थालियो मतपेटिकाहरु

  • शनिबार, माघ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन शुरु भएको छ ।

कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले फागुन २१ मा हुने निर्वाचनका लागि मतपेटिका पठाउन थालेको हो ।

यस्तै, निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले मतपत्र छापिरहेको हो ।अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम सक्ने केन्द्रको भनाइ छ ।

२ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न भइसकेको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ यसै महिनामा सम्पन्न गर्ने केन्द्रको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ