झापामा आफ्नो जीत पक्का भएको ओलीको दाबी

झापामा आफ्नो जीत पक्का भएको ओलीको दाबी

  • शुक्रबार, माघ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गरेका छन्।

शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापा ‘ओलीमय’को जिकिर गरे। झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै ओलीले भने, ‘सूर्यको जीत सियोर छ।’

​चुनावी अभियान र माहोलबारे चर्चा गर्दै ओलीले यसपटक युवाको उत्साहजनक सहभागिता रहेको सुनाए। युवा स्वतःस्फूर्त रूपमा सूर्यलाई जिताउन प्रचारप्रसारमा लागेको उनको भनाइ थियो। नयाँ पुस्ता राजनीतिमा आउनु र सिक्न खोज्नु सकारात्मक भएको टिप्पणी गरे।

उनी शुक्रबार काठमाडौँबाट झापा फर्किएका हुन्। झापा(५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदावर बनेका छन्।

यसअघि उम्मेदवारी दर्तापछि माघ १० गतेसम्म घरदैलो कार्यक्रम गरेका थिए। अब दुई दिन झापा(५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएको एमाले झापाले जनाएको छ। उनी एक साता झापाकै कार्यक्रममा सहभागी हुनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ