दुर्गा प्रसाई फेरी पक्राउ

दुर्गा प्रसाई फेरी पक्राउ

  • शुक्रबार, माघ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीले प्रसाईंलाई आज काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ।

यही माघ ५ गते पनि प्रहरीले पोखराबाट उनलाई पक्राउ गरेको थियो। पक्राउ गरेको भोलिपल्टै उनी हाजिरी जमानीमा रिहा भएका थिए।

उनको समूहले वीरन्जमा गर्न लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रसाइँ बाटोबाटै पक्राउ परेका हुन्। सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा पोखराबाट पक्राउ गरेका प्रसाइँलाई काठमाडौँ ल्याएर माघ ६ गते प्रहरीले रिहा गरेको थियो।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको अभिव्यक्ति दिएपछि उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थियो।

राजावादी अभियन्ता प्रसाईंले विभिन्न माग राखेर २१ फागुनको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ