नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि अनेक आरोप लगाउने गरेको बताएका छन्।
आज काठमाडौँ(झापा सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको घटना केही तत्वले उपद्रव मच्चाएको जिकिर गरे। पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताए।
‘उपद्रव मच्चाएर, ठूलो उपद्रवका लागि राष्ट्रिय उपद्रवको वातावरण बनाउन सक्छन्, पहिला नै तयार हुनु भनेको थिएँ, त्यो हुन सकेन। पछि कोही लुट्न गएका, लुट्न गएकाहरूलाई भित्रै राखेर बाहिरबाट आगो लगाएर भित्रभित्रै मारिएको छ। कसैको सनाखत नै हुन सकेको छैन,’ ओलीले भने।
जेनजीका नाममा विध्वंश मच्चाउनेहरूले नै आफूलाई झुटा आरोप लगाइरहेको उनको भनाइ थियो। ‘मराउने को हुन्, यिनीहरूरु अनि मराउनेहरूले उल्टै हाम्रा विरुद्ध मार्ने र मराउने, आगो लगाउनेर गोली चलाउन बाध्य पार्नेहरूले हाम्रा विरुद्ध, षड्यन्त्रका पोकाहरूले त्यस्ता घृणित लाञ्छना लगाएर, झुटा आरोप लगाएर देश दुनियाँमा बद्नाम गर्ने काम गरेका छन्,’ उनले भने।