नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले चुनावमा कसैसँग गठबन्धन नहुने प्रष्ट पार्दै एक्लै लड्ने र ठूलो पार्टी हुने विस्वास व्यक्त गरेका छन् ।
आज बिहान नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नहुने स्पष्ट पारेका हुन्।
प्रचण्डले कुनै पनि पार्टीका नाम नलिइ जनताबाट अस्वीकृत र तिरस्कृतहरूसँग गठनबन्ध नगर्ने नीति आफ्नो पार्टीले लिएको बताए। ‘अहिलेसम्मको चुनाव प्रचारको ‘ट्रेन्ड’ हेर्दा हामी अरु दलभन्दा अगाडि छौँ,’ सम्बोधनको क्रममा प्रचण्डले भनेका छन्, ‘हाम्रा उम्मेदवारले जनताबाट रेस्पोन्स पाइरहेका छन्। चुनाव हामी जित्दैछौँ।’
जुम बैठकमा सहसंयोजक माधव कुमार नेपालले पनि पार्टीले कसैसँग तालमेल नगरी चुनाव लड्ने बताएका थिए ।
पछिल्लो समय प्रचण्डको दौडधुप बढेको छ भने नेकपामा विभिन्न दलबाट मानिसहरु प्रवेश गर्ने लहर पनि चलिरहेका बेला उनी उत्साहित देखिएका छन् ।
उनले गाँउ गाँउमा जनताको बीचमा पुगेर परिचालित हुन पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।