अहिलेको सरकार देश जलाउनेहरुको सरकार हो र यो नाङिगदै गएको छ : बादल

अहिलेको सरकार देश जलाउनेहरुको सरकार हो र यो नाङिगदै गएको छ : बादल

  • बुधबार, माघ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार देश जलाउनेहरूको सरकार नाङ्गिँदै गएको बताएका छन् ।

आज पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।

‘देश जलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै गएको छ’, पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘नङ्ग्याउने कुरामा देशभक्त र निष्पक्ष राजनीतिक विश्लेषकहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । संवैधानिक दृष्टिकोणले संविधानविद्हरूले पनि सरकारको भण्डाफोर गरिरहेका छन् ।’

सुशीला कार्की नेतृत्वको सरकार अवैध र थोपरिएको हो भन्ने भदौ २३ र २४ को परिघटनाको स्टेकहोल्ड मध्येका दुर्गा प्रसाईँले नै भन्न थालेको थापाको भनाइ छ । त्यसबाहेक भारत र चीनका राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले समेत भदौमा भएको आन्दोलन प्रतिक्रान्ति भनेर विश्लेषण भइरहेको बताए ।

उनले सरकारले चीन विरोधी मानिएका दलाई लामाका एक प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सम्मान र संरक्षण गरिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ