भयरहित वातावरणमा चुनाव हुने स्थिति अझै बनेको छैन : एमाले

भयरहित वातावरणमा चुनाव हुने स्थिति अझै बनेको छैन : एमाले

  • बुधबार, माघ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

नेकपा (एमालें) ले प्रतिनिधि सभाको निर्वाचनमा भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै पनि नबनेको औंल्याएको छ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। ‘भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार छैन,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले भयरहित रुपमा मतदान गर्न वातावरण बनाउन पहल नगरेको पनि एमालेको आरोप छ। ‘प्रत्येक मतदाताले मतपेटिकासम्म समान ढंगले सहज पहुँच र सुरक्षित वातवारणमा मतदान गर्न पाउनु उसको संवैधानिक अधिकार हो तर आजका दिनसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकेको छैन र त्यतातर्फ गम्भीर बनेको पाइएको छैन,’ एमालेले भनेको छ।

जेनजी आन्दोलनका क्रममा भागको कैदीबन्दी, लुटिएका हातहतियारले सुरक्षा चुनौती थपिएको एमालेको ठहर छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ