माघ, काठमाडौं । आगामी फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई चार पार्टी र एक स्वतन्त्र उम्मेदवारले समर्थन गरेका छन् ।
शनिबार रास्वपा र उज्यालो पार्टी नेपालले अलगअलग प्रेस विज्ञप्ति जारी गर्दै आफ्नाे पार्टीले पुनलाई समर्थन गर्ने निर्णय गरेकाे जनाएका छन् । त्यस्तै नेश्नल रिप्ब्लिकन नेपालले पनि पुनलाई सघाउने जनाइसकेकाे छ । एक पास्वतन्त्र उमेदवार बनेका बेनीका नविन जिसीले उमेदवारी फिर्ता लिएर शुक्रबार महावीरलाई सघाउने घोषणा गरेका थिए ।
नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले बिहीबार विज्ञप्ति जारी गरेर महावीरलाई सर्मथन गर्ने घोषणा गरिसकेका छन् । यसबाट तुलाप्रसाद गर्बुजा उम्मेदवार थिए । उनी निष्क्रिय रहने घाेषणा गरेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार बनेका बेनीका स्थानीय नविन जाेशीले पनि आफ्ना उम्मेदवारी फिर्ता लिएकाे र पुनलाई समर्थन गर्ने घाेषणा सकेकाे छ । रास्वपाबाट युवराज राेका उम्मेदवार थिए । उनले उम्मेदवारी निष्क्रिय तुल्याएका छन् ।
जेन जी आन्दाेलनकाे बलमा बनेकाे सरकारमा शिक्षामन्त्री हुँदा सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने लगायत अहिलेका व्यवस्थालाई हटाउने उनकाे प्रयासले चाैतर्फी वाहीवाही पाएकाे थियाे ।
प्रधानमन्त्री सुशिला कार्कीले साथ नदिएपछि पुन सफल हुन सकेनन् । अब चुनाव जितेर उक्त प्रयास सफल बनाउने याेजनासाथ उम्मेदवार बनेकाे भनाइ पुनकाे छ । उनले चुनाव चिन्ह त्रिभुज पाएका छन् ।