प्रतिनिधिसभा चुनाव लड्न बालेनले दिए काठमाडाैं मेयरबाट राजीनामा

प्रतिनिधिसभा चुनाव लड्न बालेनले दिए काठमाडाैं मेयरबाट राजीनामा

  • आइतवार, माघ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

४ माघ, काठमाडाैं । देशकै सबैभन्दा धेरै जनसंख्या भएकाे स्थानीय तह काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले मेयर पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ मा हुन लागेकाे प्रतिनिधिसभाकाे निर्वाचनमा भाग लिन उनले आज राजीनामा दिएका हुन् । राजीनामा पत्र उपमेयर सुनिता डंगाेलसमक्ष बुझाएका छन् ।

बालेन प्रतिनिधिसभा सदस्यका लागि झापाकाे क्षेत्र नं. ५ बाट चुनाव लड्ने पक्का भएकाे छ । जुन क्षेत्रमा एमालेका अध्यक्ष केपी ओली पनि चुनाव लड्दैछन् । महानगरमा मेयर भएदेखि नै विकास, फाेहाेर व्यवस्थापन, कर्मचारी नियुक्ति, सार्वजनिक जग्गामा बसाइएकाे सुकुम्बासी बस्ती हटाउने लगायत विषयमा ओलीसँग बालेनकाे टसल पर्दै आइरहेका छन् । उक्त काममा ओलीले सधैं विराेध र असहयाेग गरेका थिए । त्यतिमात्र हाेइन, उपमेयर डंगाेल ओलीका भक्त हुन् ।

यसपछि बालेन ओलीलाई हराएर सहज रूपमा विकास गर्ने याेजनासाथ मेयर पद बिचमै त्यागेर चुनावमा हाेमिएका हुन् । उनी रास्वपाबाट चुनाव लड्दैछन् । रास्वपाले उनलाई भावि प्रधानमन्त्रीकाे रूपमा अगाडि बढाउने भएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ