नेपाली कांग्रेस पार्टीको आधिकारिता गगन थापा पक्षले पाएपछि शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ भन्दै आक्रोश व्यक्त गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय अस्वीकार गर्ने चेतावनी दिए।
शुक्रबार साँझ निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्र्दै खड्काले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ गर्ने बताए।
‘१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिलाई एक पटक पनि सम्पर्क नगरीकन निर्वाचन आयोगले गरेको यो निर्णय प्रक्रियागतरुपमा पनि त्रुटीपूर्ण छ। यो निर्णय षडयन्त्रपूर्ण छ’ खड्काले भने, ‘यसविरुद्ध हामी कानुनी लडाइँ लड्छौँ।’
निर्वाचन आयोगले आजै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिएपछि देउवा पक्ष आक्रोशित बनेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline