प्रधानमन्त्रीले दलको गतिविधिमा लागेका तीन मन्त्रीलाई राजीनामा दिन दिईन दबाब

प्रधानमन्त्रीले दलको गतिविधिमा लागेका तीन मन्त्रीलाई राजीनामा दिन दिईन दबाब

  • बुधबार, पुस २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौँ । जेनजी आन्दोलनपछि बनेको सरकारी प्रधानमन्त्री शुसीला कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन दबाब दिएकी छन् ।

रास्वपा उपसभापति बनेका मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा दिन प्रधानमन्त्रीले भनेकी छन् ।

तर उनीहरुले आनाकानी गरीरहेका छन् । यति सम्म कि मन्त्री घिसिङले त आफू कुनै राजनीतिक दलको सदस्य नभएको भन्दै राजीनामा दिएका छैनन् । उनको संरक्षणमा बनेको उज्यालो नेपाल पार्टी रास्वपासँग मिसिएर कुलमानलाई उपसभापति बनाउने समझदारी भईसकेको छ । उनले उर्जा , भौतिक पुर्वाधार सहित तीन मन्त्रालय सम्हालीरहेका छन् ।

यसै गरी सञ्चारमन्त्री जगदीश खरेलले पनि बालेन, कुलमान एक हुने कार्यक्रममा स्वागत भाषण गरेका थिए ।

यसै गरी खेलकुद मन्त्री बब्लु गुप्ताले पनि रास्वपाको राजनीतिक गतिविधि गरीरहेको आरोप छ ।

यो नागरिक सरकार भएकाले यसले निष्पक्ष निर्वाचन गर्नु पर्ने भएकाले दलमा लागेका मन्छेहरु मन्त्री पदमा बसिरहन नहुने प्रधानमन्त्री कार्कीले बताउदै आएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी