काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीकी नेतृ तोसिमा कार्कीले निर्वाचन आयोगमा रास्वपाले पेस गरेको समानुपातिकको बन्द सूचीप्रति आपत्ति जनाएकी छन् ।
समानुपातिकको सूचीमा आफन्तवाद र नातावाद भएकाले अन्त्य गर्न माग गर्दै उनले पदाधिकारीलाई पनि हटाउनुपर्ने बताएकी हुन्।
कार्कीले समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने तर पार्टीले पेस गरेको सूचीमा नेतृत्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरू नै देखिनु समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न उठेको बताइन् ।
‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचीले कर्णाली बोल्नुपर्छ। सुदुरपश्चिम बोल्नुपर्छ। सुचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाईटल पोष्टमा हुनेहरु नै समानुपातिक सुचिको लागी आकांक्षी हुनु र त्यहिँ आफ्नो स्पेस बनाउनुरबनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन १’ कार्कीले लेखेकी छन्, ‘फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरु भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा।’