खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रामेछाप, काभ्रे, दोलखा लगायतका जिल्लाका विभिन्न स्थानबाट काठमाण्डौँ भित्रिने तरकारी तथा फलफुलको बिषादी परिक्षण गरेको छ ।
विभागको टोलीले भक्तपुरको जगातीमा ९ वटा गाडीमा ल्याईएका टमाटर, सुन्तला, फर्सी, साग आलु लगायत १२ वटा नमुना संकलन गरी विषादी परीक्षण गरिएको थियो ।
यो परीक्षण गर्दा नतिजा अनुकुल देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिनु भयो ।
काभ्रेको पाँचखाल, रोशी, दोलखा, रामेछाप लगायतका स्थानबाट आउने तरकारी फलफुलहरु कालीमाटी, बल्खु, जडिबु्ट्टी , वानेश्वर लगायतका स्थानबाट विक्री वितरण हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline