नेपाल जेन-जी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्नसहित सरकारसमक्ष माग गरेको छ ।
श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै पत्नी र नातेदारहरू नियुक्ति गरेकोप्रति आपत्ति जनाउँदै फ्रन्टले ती सबैलाई बर्खास्त गर्न प्रधानमन्त्री कार्कीसँग माग गरेका हुन्।
‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ। राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहिता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार हो’, जेन–जी फ्रन्टले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेन-जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेकाले नेपाल जेन-जी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दछ। प्रत्यक्ष रूपमा जेन-जी विद्रोहको मर्म र यसको म्यान्डेटका विरुद्ध हुनेगरी भएको यस्तो गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष तत्काल निम्न मागहरू पूरा गर्न नेपाल जेन-जी फ्रन्ट जोडदार अपिल गर्दछ।’
यसै गरी रक्षा बम लगायतकाले पनि श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका छन् ।