यी समयमा हुँदैछ नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा ( सूची सहित )

यी समयमा हुँदैछ नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा ( सूची सहित )

  • सोमवार, मंसिर १, २०८२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्न कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयबाट सोमबार जारी गरिएको प्रेस नोटमा मंसिर महिनाभर विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गरिने उल्लेख छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस नोटअनुसार, प्रदेशस्तरीय एकता सन्देश सभाहरू मंसिर १२ गतेदेखि २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन्। सुदूरपश्चिमबाट सुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, संघीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ।

त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रमसमेत तय गरिएको छ।

पार्टीले मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको समन्वयमा देशका सबै जिल्लामा एकता सन्देश सभा सञ्चालन गरिने जनाएको छ।

साथै, मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानीय तहमा एकसाथ एकता सन्देश सभा गर्ने निर्णय भएको प्रेस नोटमा उल्लेख छ।

582390791_829384106361186_3013605014093223787_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी