काठमाडौँ । रास्वपाका प्रभावशाली नेता सन्तोष परियारले शुक्रबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।
बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिलाई राष्ट्र र जनताको जीवनसँग जोड्न फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनले पत्रमा उल्लेख गरेका छन् ।
नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाहरूको पुनर्परिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने अबको ऐतिहासिक जिम्मेवारी युवा पुस्ताको काँधमा आएको समेत उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले रास्वपामा रहँदा नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टीको विचार निर्माण गर्न नसकेको समेत उल्लेख गरेका छन् ।
जेनजी आन्दोलन लगत्तै रास्वपाकी नेतृ एवं पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिईन् ।