शिब कुमार मण्डलले छाडे जनार्दन शर्माको साथ, नेकपामै रहने

शिब कुमार मण्डलले छाडे जनार्दन शर्माको साथ, नेकपामै रहने

  • बिहिबार, कार्तिक २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

विराटनगर । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डलले पार्टी छाडेर नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको साथ छाडेका छन् ।

यसअघि मण्डल नेता जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा जोडिने सार्वजनिक भएको थियो । मण्डलले तत्कालिन पार्टी अध्यक्ष प्रचण्डको विषयमा शर्माले राखेका विषयमा समर्थन गर्दै आएका थिए ।

मण्डलले आफू नेपाली कम्युनिष्ट पार्टीमै रहने बताए । ‘मैले अहिले एकता प्रक्रियामै रहने निर्णय गरेको छु,’ मण्डलले भने, ‘संयोजक प्रचण्डका कतिपय विषयमा राखिएका फरक मत र विचारलाई यही पार्टीभित्रै रहेर बहस गरिरहन्छु ।’ मण्डलले अहिले विभाजन भन्दा एकताकै आवश्यकता रहेको पनि बताए ।

कोशी प्रदेशमा सुदन किराँतीले मात्रै जनार्दन शर्मालाई साथ दिएका छन् ।

यस अघि शुरुमा जनार्दन शर्मासँगै पत्रकार सम्मेलनमा देखिएकी अञ्जना विशंखे पनि मुलधारमा फर्किएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ