‘परान’ चलचित्र हेरेर ईसेवा परिवार भावुक बनेपछि…

‘परान’ चलचित्र हेरेर ईसेवा परिवार भावुक बनेपछि…

  • बिहिबार, कार्तिक २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 75.4K
    SHARES

काठमाडौंः नेपाली चलचित्र ‘परान’ रिलिज भएको दुई साता नाघिसक्दा पनि दर्शकको उत्साह भने कायमै छ । यस्ता फिल्महरू बिरलै बन्ने गरेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । अहिले पनि देशभरका हलहरूमा दर्शकको भिड सहजै देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही माहोलका बीच ईसेवा परिवारले पनि ‘परान’ हेरेको छ । ईसेवाले आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि सोमबार साँझ पुल्चोकस्थित लबिम मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी सामूहिक रूपमा चलचित्र हेर्ने अवसर जुराएको हो ।

‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो ।
यस्तै पारिवारिक र सन्देशमूलक फिल्महरूले समाजलाई सही मार्गमा डोर्‍याउने भन्दै ईसेवा परिवारले ‘परान’ चलचित्रको खुलेर प्रशंसा गरेको छ । सम्पूर्ण टिम नै एकसाथ फिल्म हेर्दा कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक ऊर्जाको अनुभूति भएको ईसेवाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी