यो एकता देश बचाउनका लागि गरिएको हो : प्रचण्ड

यो एकता देश बचाउनका लागि गरिएको हो : प्रचण्ड

  • बुधबार, कार्तिक २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले कम्युनिस्ट पार्टीहरूबीचको एकता रणनीतिक नभएको स्पष्ट पारेका छन्। बुधबार राष्ट्रिय सभा गृहमा नेता भीम रावललाई समाहित गराउँदै संयोजक प्रचण्डले कम्युनिस्टहरूको आवश्यकता अपरिहार्य रहेको बताए।

यो ट्याक्टिकल एकता होइन। चुनावका लागि गरिएको एकता पनि होइन। राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता आइपर्‍यो। त्यो वस्तुगत आवश्यकता देखेर एकताको सुरुवात गरेका हौं, संयोजक प्रचण्डले भने।

उनले १० बाट १२ घटक पुगेको र आगामी दिनमा यो संख्या बढेर जाने दाबी गरे। ुयही तरिकाले अघि बढ्दै जाने हो भने नेपालमा अरु दल नै नरहने हो कि भन्ने पनि आयो, उनले भने।

संयोजक प्रचण्डले आफूहरू नेकपाका तीता मिठा कुरा स्मरण गर्दै गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको बताएका थिए।

उनले जेनजी युवाहरुलाई गोली हानेका केपी ओली र जेनजी आन्दोलनलाई समर्थन गर्ने प्रचण्डहरुलाई उस्तै देख्ने भास्य साम्राज्यवादीहरुको भएको भन्दै जेनजी युवाहरुलाई आगामी महाधिवेशन र निर्वाचनमा उल्लेख्य सहभागीता गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले केपी ओलीले मदन भण्डारीको परिवारलाई नै विभिन्न आरोप लगाएको भन्दै अब एमालेमा पहिरो जाने दाबी पनि गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ