काठमाडौँ । सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ताका लागि पुगेको दुर्गा प्रसाईंको समूहले आफ्ना सबै गतिविधि अहिंसात्मक हुने प्रतिबद्धता जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको कुराकानी गरेपछि प्रसाईंका प्रतिनिधिहरुले आफ्ना २६ बुँदे माग राख्दै गतिविधि अहिंसात्मक हुने बताएका हुन् ।
वार्तामा सरकारले संविधान सम्मत बाहेकको माग पूरा गर्न नसक्ने स्पष्ट पारेको छ ।
व्यवस्था परिवर्तन र हिन्दुराष्ट्र स्थापना हुनुपर्ने मागमा राजनीतिक ढंगबाट समाधान खोज्न गृहमन्त्री अर्यालले भनेका थिए ।
प्रसाईंका तर्फबाट प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका प्रेम थापा मगर, प्रमदीप लिम्बु, देवी प्रसाद संग्रौला, माधवप्रसाद खतिवडा, तेजेन्द्र रायमाझी र मकबुल शाह सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline