प्रचण्डले युवाहरुलाई भिडियोबाटै मतदाता नामावली दर्ता गर्न सिकाए ( भिडियो सहित )

प्रचण्डले युवाहरुलाई भिडियोबाटै मतदाता नामावली दर्ता गर्न सिकाए ( भिडियो सहित )

  • बुधबार, कार्तिक २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामाी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित सबै नागरिकलाई अपिल गरेका छन्।

आज बिहान भिडियोमा उनले मतदाता नामावली दर्ता गर्दा अपनाउनु पर्ने पाँच तरीकाको पनि शिक्षा दिएका छन् ।

जस अनुसार
१. जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ। नागरिकताको प्रमाणपत्रमा रहेको भन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त देहायका प्रमाणहरूसमेत पेस गर्नुपर्दछ।

(क) बसाइँ सरी आएको प्रमाणपत्र वा

(ख) विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र।

कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्रबाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रूपमा जग्गाधनी प्रमाणपुर्जा वा शैक्षिक योग्गताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ। उक्त प्रमाणहरू पेस गर्न नसकेमा नाम दर्ता अधिकारीले तेस्तो व्यक्तिसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्दछ।

२. आयोगले तोकेको मतदाता नामावली संकलन फाराम भर्नुपर्दछ।

३. तोकिएबमोजिम फोटो खिचाउनुपर्दछ। फोटोको लागि कुनै शुल्क तिर्नुपर्दैन।

४. औँलाहरूको रेखात्मक छाप दिनुपर्दछ। यस्तो औँला छाप विद्युतीय माध्यमबाट संकलन गरिन्छ।

५. दर्ता सम्पन्न भइसकेपछि दर्ता कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाण स्वरूप सुरक्षित राख्नुपर्दछ।

(13) Facebook

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ