तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनु हुन्न, जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ: मुख्यमन्त्री यादव

तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनु हुन्न, जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ: मुख्यमन्त्री यादव

  • मङ्लबार, कार्तिक २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

कार्तिक २५, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराउन प्रदेश प्रमुखलाई आफुले दबाब दिएको स्वीकार गरेका छन् ।

मंगलबार पत्रकार सम्मलेन गर्दै उनले नियुक्ति संविधानअनुसार नै भएको र शपथ ग्रहण गराउन दबाब दिएको बताएका हुन् । अन्य दलले तपाईंलाई घेर्छ भने हामी पनि घेर्छौं, मुख्यमन्त्री यादवले भने, तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनु हुन्न । तपाईं जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ ।

जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने सम्भावना फेल भएपछि राजीनामा दिएको यादवले बताए । आफ्नो नियुक्ति वैधानिक भएको पनि उनले दाबी गरे । त्यही प्रदेश प्रमुखले सोनललाई नियुक्त गर्दा सही भएकाले आफ्नो नियुक्ति पनि वैधानिक छ, उनले भने ।

अर्को प्रसंगमा उनले कसैले प्रदेशसभा विघटनको सल्लाह नदिएको बताएका छन् । उनले भने, कसैले दिए पनि अस्वीकार गर्ने उनको भनाइ छ ।सरकारको नियतका कारण प्रदेश प्रमुख पदमुक्त गरिएको उनले बताए । यसले संघीयतामाथि झन् संशय उत्पन्न हुन सक्छ,  ।

पहिलो पटक नै विश्वासको मत फेल भएपछि १६८ को ३ आकर्षित भएको उनले तर्क गरेका छन् बताए । जेन-जी आन्दोलनपछि मुख्यमन्त्रीको कार्यालय जलेको हुनाले पदभार ग्रहण हुन नसकेको यादवको भनाइ छ । साथै उनले सर्वोच्च अदालते गर्ने फैसला स्वीकार गर्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ