नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सुदुरपश्चिम प्रदेशका पूर्व मन्त्री प्रकाश शाहले पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
शाह डा. भीम रावलसँगै नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने तयारीमा जुटेका हुन् ।
रावल एमालेमा छँदा शाह पनि उनी निकट मानिन्थे। रावललाई कारबाही गरेपछि शाहले त्यसको विरोध गर्दै धारणा राख्दै आएका थिए।
प्रकाश शाह २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्री बनेका थिए।
भीम रावल, शाह लगायतका नेताले छाडेपछि एमालेलाई सुदुरपश्चिममा ठूलो धक्का लाग्ने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline