मधेशको पछिल्लो सरकार नियुक्ति बिरुद्ध सर्वोच्चमा रिट दायर

मधेशको पछिल्लो सरकार नियुक्ति बिरुद्ध सर्वोच्चमा रिट दायर

  • सोमवार, कार्तिक २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै कानुनका विद्यार्थीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ०६ का अर्जुन शाहले सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनी भक्तपुरस्थित ख्वप कलेज अफ ल मा बिएएलएलबी प्रथम वर्षमा अध्ययनरत छन्।

उनले मधेस प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार पुनःसरकार गठनको प्रक्रिया अघि बढाउन उत्प्रेषण आदेशको माग गरेका छन्।

उनले दायर गरेको मुद्दामा मधेस प्रदेशस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेश सभा सचिवालयलाई विपक्षी बनाइएको छ।

नेकपा माओवादी केन्द्रका दुई सांसदले विद्रोह गरेपछि विश्वासको मत नलिई निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार राजीनामा गरेका थिए।

प्रदेश प्रमुख भण्डारीले आइतबार राति नै एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिसकेकी छन्।

सवोच्च अदालतमा दायर गरिएको रिटमा मधेस प्रदेश सरकार गठन आह्वान नै नगरी यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ