भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने, २६ गते एकता घोषणा कार्यक्रम

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने, २६ गते एकता घोषणा कार्यक्रम

  • सोमवार, कार्तिक २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच यही कात्तिक २६ गते एकता हुने निश्चित भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहितका नेतासँगको छलफलपछि नेता रावल नेकपामा जोडिन तयार भएका हुन्।

आगामी बुधबार राष्ट्रिय सभागृहमा नेकपा र रावत नेतृत्वको अभियानबीच एकता घोषणाको कार्यक्रम तय भएको नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले बताएका छन् ।

एमालेका पूर्वउपाध्यक्ष र पूर्वगृहमन्त्रीसमेत रहेका रावलले आइतबार मात्रै प्रचण्ड र माधवकुमार नेपालसँग लामो छलफल गरेका थिए ।

उपयुक्त जिम्मेवारी दिने र अहिले एकतावद्ध हुनुको विकल्प नभएको शीर्ष नेताहरुको आग्रहपछि रावल आन्तरीक पक्तिमा छलफल गरेर सहमतिमा पुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ