मधेशमा नयाँ मुख्यमन्त्री होटलमा नियुक्त भएपछि विभिन्न दलका नेता कार्यकर्ताद्धारा मुख्यमन्त्री कार्यलय र प्रदेश प्रमुख कार्यलयमा तोडफोड

मधेशमा नयाँ मुख्यमन्त्री होटलमा नियुक्त भएपछि विभिन्न दलका नेता कार्यकर्ताद्धारा मुख्यमन्त्री कार्यलय र प्रदेश प्रमुख कार्यलयमा तोडफोड

  • सोमवार, कार्तिक २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट कांग्रेससहित विभिन्न दलका नेता कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यकक्षमा आज तोडफोड गरेका छन्।

त्यसक्रममा कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डासमेत फालेका छन्। तोडफोडबाट प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्षमा सामान्य क्षति पुगेको धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए।

त्यसक्रममा उनीहरूले मधेस प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरेका छन्।

प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपासहितका प्रदेश सांसद र दलका कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका हुन्। उनीहरूले प्रदेश प्रमुख भण्डारीको निवास अडाडि पनि तोडफोड गरेका छन्।

आज बिहान मात्रै भण्डारीले बर्दिवासको एक होटलमा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

त्यसप्रति काग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा लगायतका दल असन्तुष्ट छन्।

उनीहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ