प्रतिनिधि सभा निर्वाचनः प्रचारप्रसारका लागि १५ दिन दिने तयारी

प्रतिनिधि सभा निर्वाचनः प्रचारप्रसारका लागि १५ दिन दिने तयारी

  • सोमवार, कार्तिक २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

२४ कात्तिक, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।

यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ ।

मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन् ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन मंसिर १ देखि पुस १५ गते सम्म सञ्चालन गर्ने भनिएको छ ।

समानुपातिक निर्वाचन तर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते हुनेछ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने पुस १५ गते हुनेछ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने पुस १८ र १९ गते हुनेछ । यसमा आयोगले पछि हेरफेर समेत गर्न सक्नेछ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना २०८२ माघ २ गते गर्ने भनिएको छ । संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाइ स्थापना र संचालन माघ २ गते देखि फागुन ३० गते सम्म गर्ने प्रारम्भिक कार्यतालिका छ ।

निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गते सम्म अर्थात् १५ दिन दिने तयारी छ । मतपत्र ढुवानी गरि जिल्ला जिल्लामा पुर्याउने फागुन १२ गते भित्र गर्ने, प्रचार प्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि हुनेछ । मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ