मधेशमा बेतिथिः बर्दिबासको होटलमा मुख्यमन्त्री र मन्त्रीहरुको नियुक्ति

मधेशमा बेतिथिः बर्दिबासको होटलमा मुख्यमन्त्री र मन्त्रीहरुको नियुक्ति

  • सोमवार, कार्तिक २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

मधेश सरकार गठन र विघटनमा बेतिथिको रुपमा आजको दिन चित्रित रह्यो । मधेशमा नयाँ मुख्यमन्त्री र मन्त्रीहरु बर्दिबासको होटलमा नियुक्त भएका छन् । जनकपुर स्थित प्रदेशको राजधानीबाट उपचारका लागि भन्दै हिँडेकी प्रदेश प्रमुखले बर्दिबासको होटलमा मुख्यमन्त्रीमा सरोज यादवलाई नियुक्त गरेकी थिईन् ।

मधेसको मुख्यमन्त्री नियुक्त भएलगत्तै सरोजकुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन्। एमाले, संघीय समाजवादी र राप्रपाबाट यादवले एक–एकजना मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ गराएकी छन्। मधेस प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको एक–एक जना सांसद छन्। नवयिनुक्त मन्त्रीहरूलाई मन्त्रालय भने नतोकिएको एमाले सांसद शारदा थापाले जानकारी दिइन्।

एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन्।

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रसहितका दलको बिरोधका बाबजुध प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान हतारहतार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ