चुनावको तयारीमा लाग्नु पर्ने बेला ठूला दुई दल ससंद पुनस्थापनाको पक्षमा हस्ताक्षर गर्दै, एमाले सडक आन्दोलनमा पनि

चुनावको तयारीमा लाग्नु पर्ने बेला ठूला दुई दल ससंद पुनस्थापनाको पक्षमा हस्ताक्षर गर्दै, एमाले सडक आन्दोलनमा पनि

  • सोमवार, कार्तिक २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कार्तिक २४ काठमाण्डौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंश पछि शुसीला कार्कीको नेतृत्वमा गठित अन्तरीम सरकारले आगामी फागुण २१ गतेका लागि निर्वाचन घोषणा गरेर तयारी गरीरहेको छ ।

तर एमाले संस्थागत निर्णय नै गरेर संसद पुनस्थापनाको पक्षमा उभिएको छ भने मध्यमार्गी निर्णय गरेको काँग्रेस पनि यतिखेर एमालेको पछि लाग्दै निवर्तमान सांसदहरुको हस्ताक्षर संकलन गरेर अघि बढीरहेको छ ।

यानेकी संसदको प्रमुख दुई दल नै निर्वाचन भन्दा संसद पुनस्थापनाको पक्षमा लागिरहँदा निर्वाचन हुनेमा संसय पैदा गर्ने देखिदै गएको छ ।

अझ एमालेले त सडकमै प्रदर्शनका कार्यक्रमहरु घोषणा गर्दै यो सरकारले निर्वाचन नगराउने बताईरहेको छ ।

नेपाली कम्युनिष्ट पार्टी सहित विभिन्न दल भने चुनावको तयारीमा लागिरहेका छन् ।
काँग्रेस र एमालेको हस्ताक्षर र सडक प्रदर्शन अभियान र सरकारले पनि भयरहित वातावरण बनाउन नसकिएका बेला फागुण २१ मा निर्वाचन हुनेमा शंका पैदा शुरु हुन थालिसकेको छ ।

एकातिर जेलबाट भागेका कैदीहरु पक्राउ परीनसकेको र लुटिएका संयौ हतियार बाहिरै रहेकाले पनि निर्वाचनको भयरहित वातावरण बनेको विस्वास गर्न दलहरु तयार छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ