जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ

  • आइतवार, कार्तिक २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

घोराही (दाङ),२३ कात्तिकः दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।

घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँ निवासी २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र अर्का १८ वर्षीय विवेक पुन मगर रहेका छन् ।

त्यसैगरी सल्यान छत्रेश्वरी गाउँपालिका–४ निवासी २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ निवासी २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुर निवासी शरद् बस्नेत र घोराही–१३ निवासी २५ वर्षीय सन्दीप घर्ती रहेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सरकारी कार्यालय तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ