जेनजी आन्दोलनका नाममा देशलाई अस्थीरताको बाटोमा धकेलियो : ओली

जेनजी आन्दोलनका नाममा देशलाई अस्थीरताको बाटोमा धकेलियो : ओली

  • आइतवार, कार्तिक २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौं स् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको पूर्णबैठकलाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनका नाममा असंवैधानिक तवरले सरकार गठनका साथै प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका हुन्।

ओलीले देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको जिकिर गरे। अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ठ परिस्थिति भएको भन्दै उनले यो परिस्थितिलाई लामो समय जान दिनु नहुने धारणा राखे। अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता अतङ्कित भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताए।

अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको बताए। अपराधमा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उनको भनाइ छ। उनले एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने स्पष्ट पारे। एमालेले अब आन्दोलनका लागि प्रशासनसँग कुनै अनुमति नलिने उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ