नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाको आयोजना गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाको आयोजना गर्ने

  • शनिबार, कार्तिक २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीले सात वटै प्रदेशमा एकता सन्देश सभा गर्ने भएको छ । पेरिसडाँडामा बसेको केन्द्रीय महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा शनिबार जारी प्रेस नोटमा बैठकले आगामी दिनमा पार्टीका कार्यक्रमहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेमा जोड दिएको छ । बैठकले सबै प्रदेशहरूमा एकता सन्देश सभाका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । जसले पार्टी एकताको सन्देशलाई देशभर फैलाउने लक्ष्य राखेको छ ।

त्यसैगरी घोषित निर्वाचनको तयारीसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि बैठकमा निर्णय गरिएको छ । साथै पार्टीले निर्वाचनको तयारीलाई पनि तीव्र पार्ने जनाएको छ ।

पार्टी बैठकले जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशित गरेको छ । यसबाट पार्टीका विभिन्न भ्रातृ संगठनहरूलाई सक्रिय बनाई जनस्तरमा पार्टीको उपस्थिति बलियो बनाउने उद्देश्य राखिएको छ ।

575775176_635303282999043_9005768085422483544_n (1)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ