महाधिवेशन गरेर चुनावमा जानु पर्छ : कोईराला

महाधिवेशन गरेर चुनावमा जानु पर्छ : कोईराला

  • शुक्रबार, कार्तिक २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्ने बताएका छन्। फागुन २१ गते सरकारले प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ। त्यसअघि नै १५ औं महाधिवेशन गरेर जानुपर्ने पक्षमा कोइराला उभिएका हुन्।

‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ,’ विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग शुक्रबार बिहानको भेटका क्रममा कोइरालाले भने।

१५ औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै आफूले बोल्दै आएको बताएका कोइरालाले अहिले समयको चाप, अवस्था आदिका कारण मंसिर मसान्तमा महाधिवेशन गर्न नसकिए कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने बताए।

‘पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ,’ उनले भने। केन्द्रीय समितिमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।

‘पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘विगतमा पार्टीले थुप्रै आरोह-अवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरूको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न।’

‘गुट, उपगुट र फुटको अन्त्य गर्न चाहन्छु।कोही कसैप्रति आग्रह(पूर्वाग्रह नराखी हामी अघि बढ्नै पर्छ,’ उनले भने, ‘देशभरका इमान्दार, निष्ठावान र निरन्तर क्रियाशील रहेका साथीहरूले पार्टीलाई बचाइरहनु भएको छ।’

उनले पार्टीका लाखौँ शुभेच्छुक र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय पर्खिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ