प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने ओलीको चेतावनी

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने ओलीको चेतावनी

  • बिहिबार, कार्तिक २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

कार्तिक २०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा पुगेका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै उनले पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन्। अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको आरोप लगाए।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको दाबी गरे। संविधानविपरीत प्रतिनिधिसभा विघटन भएकाले त्यसको पुनःस्थापनाको माग गर्दै अघि बढ्नुपरेको उनले बताए।

ओलीले भने, ‘यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। यो असंवैधानिक ढंगले भंग गरिएको छ। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका छन्, र संविधानको कुनै धारामा नपर्ने गरी राष्ट्रपतिले भंग गर्नुभएको छ। गर्नुहुँदैनथ्यो। त्यस कारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गरेका छौँ, त्यसका लागि आन्दोलन गर्छौँ र अघि बढ्छौँ।’

अध्यक्ष ओलीले मुलुकमा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन आफ्नो पार्टीले ‘युथ भोलिन्टियर्स फोर्स’ गठन गर्ने निर्णय गरेको समेत जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ