जेन–जी अगुवालाई बाबुराम भट्टराईको सुझाव : विद्रोहलाई वैधानिकता दिन तुरुन्तै लिखित सम्झौता गरौँ

जेन–जी अगुवालाई बाबुराम भट्टराईको सुझाव : विद्रोहलाई वैधानिकता दिन तुरुन्तै लिखित सम्झौता गरौँ

  • बिहिबार, कार्तिक २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक २०, काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जेन–जी विद्रोहलाई वैधानिकता दिन सरकारसँग तुरुन्तै लिखित सम्झौता गर्न सुझाव दिएका छन् ।

बिहीबार बानेश्वरमा आयोजित ‘जेन–जी अगुवाहरूसँग अन्तरसम्बन्ध’ कार्यक्रममा उनले आन्दोलनलाई वैधानिकता दिन विभिन्न बुँदामा लिखित सम्झौता आवश्यक रहेको बताएका हुन् ।

जेन–जी अगुवाहरूले आन्दोलन अपराधीकरणतर्फ रूपान्तरण हुने चिन्ता व्यक्त गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले यसलाई लिखित सम्झौता गरेर वैधानिक बनाउन सकिने बताएका थिए ।

भट्टराईले भने, ‘जेन–जी विद्रोह नेपाली लोकतान्त्रिक आन्दोलनको चौथो खुड्किलो हो । यसलाई वैधानिकता दिन तिमीहरूले वर्तमान अन्तरिम सरकारसँग तुरुन्तै लिखित सम्झौता गर्नुपर्छ । तिमीहरूको आन्दोलनको मर्मअनुसार काम भएको छ कि छैन ? ठूला भ्रष्टाचारको छानबिन भए ? यी विषयहरू समेटिने गरी लिखित सम्झौता गर्नुपर्छ ।’

जेनजी अगुवालाई सुझाव दिँदै भट्टराईले भने, ‘ राजनीतिमा ख्याल गर्नू । सबै दृश्य मात्र हुँदैन । अदृश्य पनि धेरै कुरा हुन्छ । अहिले जोसमा सबै गर्दिन्छौं जस्तो त लाग्छ । तर, वास्तविकतामा सोचेजस्तो त्यस्तो हुँदैन । हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ । त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं । आधा अहिले भरौं, आधा भर्दै गरौंला भनेर लेख्यौं । संविधान जारी भएकै दिन बाहिर आएर मैले बोलेको थिएँ । यो आधा गिलास भरी छ, आधा खाली छ भनेको थिएँ । अहिले संघीयता लगायतका कुरा फ्याक्ने हैन । बरु त्यो अपूर्ण छ । त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमशः सुधार्नुपर्छ भनेर लाग्नुपर्छ भनेको थिएँ ।’

पुरानो शक्तिले यो सम्भव छैन भने पनि नयाँ चाहिन्छ भनेर १० वर्षदेखि वैकल्पिक शक्तिका लागि आफूहरू लडिरहेको उनले बताए ।

‘संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरू तीनवटा टाउकाले १० वर्षदेखि चलाएका थिए । त्यसविरुद्ध हामी लडिरहेका थियौं । हाम्रो ताकत पुगिरहेको थिएन । त्यसमा अहिले तपाईंहरूको ताकत थपिएको छ । यसमा हाम्रो पूर्ण साथ छ,’ उनले भने ।

यही आधा गिलास खाली संविधानकै कारण सुशासन र सोचेजस्तो तीव्र आर्थिक वृद्धि ल्याउन नसकेको भन्दै उनले अब यसमा सुधार आवश्यक रहेको र यसबारे जेनजीहरूलाई यो कुरा बुझाउन चाहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ