माओवादी केन्द्र र एकीकृत समाजवादी सहित अन्य समुहहरुको एकता घोषणा आज

माओवादी केन्द्र र एकीकृत समाजवादी सहित अन्य समुहहरुको एकता घोषणा आज

  • बुधबार, कार्तिक १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका अन्य विभिन्न समुहबीच आज एकता घोषणा हुने भएको छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजे एकता घोषणा हुने बताए ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

ीयद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई समेत एकतामा ल्याउन पहल भईरहेको आयोजक समितिको बैठकमा ब्रिफिङ गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ