मंसीर २७ मा एमालेले सबै भन्दा ठुलो जनसभा गर्ने

मंसीर २७ मा एमालेले सबै भन्दा ठुलो जनसभा गर्ने

  • सोमवार, कार्तिक १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाण्डौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने बताएका छन् । एमाले महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गर्न लागेको र जनता कसको पक्षमा छन् भन्ने देखाउने बताएका हुन् ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । ‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्‍याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, उनले भने– ‘र, मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ ।’

उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् रु जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन्’, पोखरेलको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ