गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

  • सोमवार, कार्तिक १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं । हालको राजनीतिक अस्थिरताका बिच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ ।

सोमबार सार्वजनिक सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ ।

सहमति अनुसार, पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरी दस्तावेजीकरण गर्ने उल्लेख छ । सो प्रक्रियाबाट वर्गीय तहबाटै नयाँ आधारमा एकता र रुपान्तरणको दिशा तय गरिने बताइएको छ ।

दोस्रो बुँदामा गोपाल किरातीले विकसित गरेको “देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र” विषयमा पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख छ ।

तेस्रो बुँदामा उक्त सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरु नेकपा ९माओवादी केन्द्र०मा ध्रुवीकृत हुने निर्णय गरिएको छ ।

सहमति पत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका छन् ।

574095396_25836687012586220_2578339120779473894_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी