छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

  • शनिबार, कार्तिक १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ, १५ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकता आजको बैठकको एजेन्डा थियो, एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब करिब सहमति भइसकेको छ। आज खासगरी प्राविधिक र सङ्गठनात्मक विषयमा छलफल केन्द्रित भएको छ ।”

प्रवक्ता सापकोटाका अनुसार नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीबीच एकता हुँदैछ ।

एकताबारे नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेको चिरण सि नेतृत्वको समूहसँग पनि छलफल भइरहको उहाँले जानकारी दिनुभयो । “सबैसँग वाम एकता गर्ने हाम्रो जोड हो, तर एकता ढिलो गर्नुहुँदैन, एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन्छ भन्ने आजको निष्कर्ष हो, नभए राष्ट्र झन् झन् अराजकतातिर गइरहेको छ । फागुन २१ गते सरकारले चुनावको घोषणा गरेको छ, यी अवस्थालाई मध्येनजर गर्दै एकतालाई अगाडि बढाउने भनिएको छ ।”

नेता जनार्दन शर्माले तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँ आफू बोलेपछि बैठक छोडेर निस्किनुभएको थियो । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकताबारे शर्माको केही फरक मत रहेको तर उहाँ र एकीकृत समाजवादीमा फरक मत राखेका झलनाथ खनालसँग पनि छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ