खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित, ५ विमान डाइभर्ट गरियो

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित, ५ विमान डाइभर्ट गरियो

  • बिहिबार, कार्तिक १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कार्तिक १३, काठमाडौँ । खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ ।

विमानस्थल अधिकारीका अनुसार दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् ।

नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइएको छ ।

सोही क्रममा चीनको छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्सको विमान पनि प्रविधिगत समस्या आएपछि पुनः चीनतर्फ फर्किएको विमानस्थलका एक अधिकारीले जनाएका छन् । त्यस्तै दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको छ ।

आन्तरिकतर्फ, सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ मोडिएको छ । ती अधिकारीका अनुसार हवाई मार्गमा देखिएको मौसमी अवरोध र न्यून दृश्यता नै उडान मोडिनुको प्रमुख कारण बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक झन्डै तीन सय उडानहरू (आन्तरिक र अन्तर्राष्ट्रिय गरी) सञ्चालन हुने गर्छन् । करिब तीस हजार यात्रु यहाँबाट आवतजावत गर्छन् । मौसममा सुधार आएपछि नियमित उडान सञ्चालन सुचारु हुने विमानस्थलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ