दल, जेनजी र सरकारबीच निरन्तर छलफल जरुरी छ : प्रधानमन्त्री

दल, जेनजी र सरकारबीच निरन्तर छलफल जरुरी छ : प्रधानमन्त्री

  • बुधबार, कार्तिक १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, १२ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताउनभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भन्नुभयो, “सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ ।” निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राख्नुभएको हो ।

छलफलमा सहभागी जेनजी समूहका प्रतिनिधिले चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र नहुने तर्क गर्दै आन्दोलनको मुख्य माग सुशासन भएकाले भ्रष्टाचारविरुद्धको कारबाहीको काममा सरकारले उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । छलफल उठेका विषयवस्तु र निचोडबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस ब्रिफिङ गर्नुहुनेछ ।

बैठकमा सरकारकोतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुन र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल, दलका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत र जेनजीको तर्फबाट मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगरको सहभागिता रहेको छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ