निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीको समन्वयमा आज बालुवाटारमा त्रिपक्षीय वार्ता हुँदैछ।
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो। बुधबार दिउँसो चार बजे वार्ताको समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
‘आन्दोलनकारी समूह र सत्ताबाट विस्थापित भएका दलहरूबीच प्रत्यक्ष संवाद भएको थिएन,’ रावलले भने, ‘घोषित निर्वाचनमा जानको लागि आग्रह गर्ने उद्देश्यले प्रधानमन्त्रीले सहजीकरण गरेर दुई शक्तिलाई एक ठाउँमा राखेर छलफल गर्न लाग्नु भएको हो।’
सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न वातावरण बनाउन प्रयास गरीरहेको छ । तर सरकारको तयारीप्रति दलहरु सन्तुष्ट भईसकेका छैनन् ।
यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरुबीच निर्वाचनको विषयमा छलफल भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline